काठमाडाैं । काेराेना भाइरस विरूद्दकाे खोप उत्पादन गर्दै आएको भारतीय कम्पनीले सेरूमले तत्कालै अन्य देशमा खाेप पठाउन नसकिने अवस्था रहेकाे बताएकाे छ । कम्पनीले मंगलबार एक विज्ञप्ती जारी गर्दै सरकारसँगको सघन छलफलपछि तत्काललाई विदेशमा खोप पठाउन नसकिने जनाएकाे हाे ।
तत्काललाई भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै याे वर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने कम्पनीकाे भनाई छ ।
साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ देखि ३ वर्ष लाग्ने समेत उल्लेख गरेको छ ।
सिरम इन्स्टिच्युटले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपलाई भारतीय नाम ‘कोभिसिल्ड’मा उत्पादन गर्दै आएको छ । नेपालले समेत सिरमले उत्पादन गरेको उक्त खोपको २० लाख डोज नेपाल ल्याइसकेको छ ।
भारतबाट अझै १० लाख डोज खोप आउन बाँकी छ । सिरमले तत्काल खोप नदिँदा नेपालको खोप अभियान प्रभावित बन्ने भएको छ । याे सँगै अब नेपालीहरू खाेपबाट बञ्चित हुने सम्भावना भने देखिएकाे छ ।