
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित पुष्टि भएको हो ।
सोमबार देशभर थप ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै सोमबार ५ हजार ७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २१ हजार ६५३ जनाको आरटी–पीसीआर र ४३४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त मात्रामा संक्रमण पुष्टि भएको हो ।