भाइरल ज्वरो भनेर आराम गरिरहेका मुख्यमन्त्री भट्टलाई अन्ततः कोरोना पुष्टि

<p>काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ । कोरोनासँग सम्बन्धित लक्षण देखिएर पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । उनी एक साता अघिदेखि भाइरल ज्वरो भन्दै कोरोना परीक्षण गरेका [&hellip;]</p>

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ । कोरोनासँग सम्बन्धित लक्षण देखिएर पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनी एक साता अघिदेखि भाइरल ज्वरो भन्दै कोरोना परीक्षण गरेका थिएनन् । तर, विस्तार गाह्रो हुन थालेपछि पीसीआर परीक्षण गराएका थिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएकाे छ । उनी होम आइसोलेसनमै छन् ।

Share News