२०२२ सम्म अष्ट्रेलियाकाे अन्तर्राष्ट्रिय सीमा नखुल्ने

<p>काठमाडाैं । २०२२ सम्म अष्ट्रेलियाकाे अन्तर्राष्ट्रिय सीमा नखुल्ने भएकाे छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले २०२२ सम्म अन्तर्राष्ट्रिय सीमा नखुल्ने बताएका हुन् । अष्ट्रेलियाले आफ्नो सीमा सन् २०२० को मार्चदेखि नै बन्द गरेकाे थियाे । त्यसयता अष्ट्रेलियामा नयाँ अन्तराष्ट्रिय विद्यार्थी तथा अन्य देशका नागरिक प्रवेश गर्न पाएका छैनन । लामाे समयदेखि भिषा आएर बसेका नेपाली विद्यार्थी र छुट्टीमा नेपाल आएका पिआर नभएकाहरु [&hellip;]</p>

काठमाडाैं । २०२२ सम्म अष्ट्रेलियाकाे अन्तर्राष्ट्रिय सीमा नखुल्ने भएकाे छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले २०२२ सम्म अन्तर्राष्ट्रिय सीमा नखुल्ने बताएका हुन् ।

अष्ट्रेलियाले आफ्नो सीमा सन् २०२० को मार्चदेखि नै बन्द गरेकाे थियाे । त्यसयता अष्ट्रेलियामा नयाँ अन्तराष्ट्रिय विद्यार्थी तथा अन्य देशका नागरिक प्रवेश गर्न पाएका छैनन ।

लामाे समयदेखि भिषा आएर बसेका नेपाली विद्यार्थी र छुट्टीमा नेपाल आएका पिआर नभएकाहरु पनि सीमा बन्द भएकाे कारण अष्ट्रेलिया प्रवेश गर्न पाएका छैनन् ।

अष्ट्रेलियाली नागरिक र पिआर होल्डरलाई भने सीमामा राेकिएकाे छैन ।

Share News