काठमाडौं । बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूँईमा बसेर उपचार गराईरहेका छन् । कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भिर बिरामीको संख्या पनि थपिदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो ।
संघीय राजधानी काठमाण्डौको टेकू स्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूँईमा नै राखेर विरामीको उपचार गराईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ ।
वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईं मै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन् । आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिईरहेका छन् । कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन् । दिउँसोको घाम र रातको सित खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन् ।