सनराईज फाउन्डेशनले टेकु अस्पताललाई हस्तान्तरण गर्यो दुईवटा अक्सिजन कन्सनट्रेटर

<p>काठमाडौं । अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो । अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन [&hellip;]</p>

काठमाडौं । अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो ।

अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बताइन् ।

उनले ८०/९० हजार मूल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्रेटर अस्पताललाई दिइएको जानकारी दिइन् ।

Share News