काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५३९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ हजार ३१६ र ३४४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज ६६४८ जना निकाे भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जनाको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८८१ जनामा संक्रमण पुष्टि भएको हो ।
गत बिहीबारदेखि आईतबारसम्म ७६ हजार ९३२ जनाको कोरोना परीक्षण गर्दा २५ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ भने २३ हजार २९३ जना संक्रमण मुक्त भएका छन् ।
यस्तैगरी नेपालमा १ लाख १० हजार २६३ जना संक्रिय संक्रमित रहेका छन् । जस मध्येमा ७ हजार ८०८ जना संस्थागत आईसोलेसन, १ लाख २ हजार ४५५ जना होम आईसोलेसन, ७०१ जना क्यारेन्टीनमा रहेका छन् ।