काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २१ हजार ४७८ नमुना परीक्षण गर्दा बिहीबार देशभर थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २०३ जनाको मृत्यु भएको छ ।