काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ४७८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
त्यस्तै, पछिल्लाे २४ हप्तामा ६ हजार १३५ जना संक्रमित निको भएका छन् । जुन हालसम्मकै उच्च हाे ।
कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।