रसुवामा अक्सिजन मौज्दात

<p>काठमाडौं । जिल्लामा कोभिड –१९ का जटिल सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन विशेष व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अस्पताल धुञ्चे तथा ग्रामीण अस्पताल जिवजिवेमा अक्सिजनको उचित प्रबन्ध गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल सम्भावित जोखिमलाई ध्यानदिँदै अक्सिजनको मौज्दात गरिएको बताउँछन् । रसुवागढी, साञ्जेन र सालासुङ्गी जलविद्युुत आयोजनाले अक्सिजन सिलिण्डरको सहयोग [&hellip;]</p>

काठमाडौं । जिल्लामा कोभिड –१९ का जटिल सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन विशेष व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला अस्पताल धुञ्चे तथा ग्रामीण अस्पताल जिवजिवेमा अक्सिजनको उचित प्रबन्ध गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल सम्भावित जोखिमलाई ध्यानदिँदै अक्सिजनको मौज्दात गरिएको बताउँछन् ।

रसुवागढी, साञ्जेन र सालासुङ्गी जलविद्युुत आयोजनाले अक्सिजन सिलिण्डरको सहयोग गरेका थिए । ती जलविद्युत आयोजनाले वर्षायामको सडक सुचारू गराउन डोजर उपकरण समेत गराएका थिए । जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सय ८९ रहेको र हालसम्म जटिल समस्या नआएको चिकित्सकले जनाएका छन् ।

Share News