टेकु अस्पतालमा पीसीआर परीक्षण राेकियाे

<p>काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा पीसीआर परीक्षण रोकिएको छ । अस्पताल प्रशासनले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको जनाएको हो । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणबश अर्काे व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको जनाएको हो [&hellip;]</p>

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा पीसीआर परीक्षण रोकिएको छ । अस्पताल प्रशासनले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको जनाएको हो ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणबश अर्काे व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको जनाएको हो ।

कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण राेकेकाे हाे । अस्पतालले विशेष कारण भनेतापनि किट सकिएपछि पीसीआर परीक्षण बन्द भएको जनाइएको छ ।

Share News