एसईई र कक्षा १२ को परीक्षा स्थगित

<p>काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ । बाेर्डका प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले यस्ताे अवस्थामा परीक्षा गराउन सम्भव नभएकाेले परीक्षा स्थगित गरिएकाे जानकारी दिए । उनले यस विषयमा थप बैठकहरु बसिरहेकाे पनि बताए । बाेर्डले जेठ १३ गतेदेखि एसईई र जेठ २६ बाट कक्षा १२ को [&hellip;]</p>

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेकाे छ ।

बाेर्डका प्लस टु तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले यस्ताे अवस्थामा परीक्षा गराउन सम्भव नभएकाेले परीक्षा स्थगित गरिएकाे जानकारी दिए । उनले यस विषयमा थप बैठकहरु बसिरहेकाे पनि बताए ।

बाेर्डले जेठ १३ गतेदेखि एसईई र जेठ २६ बाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तालिका निकालेकाे थियो ।

Share News