काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ हजार ३७० जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।
यससँगै नेपालमा २ लाख ९८ हजार ७६५ जनाले कोरोनामुक्त भएका छन् । जुन कूल संक्रमितमध्ये ७७.४ प्रतिशत निको भएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार १८ हजार ३०४ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केशहरू कूल ३ लाख ८५ हजार ८९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५३ जना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जानकारी गराएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ ।