त्रिवि शिक्षण अस्पताललाई काठमाडाैं महानगरद्वारा १० वटा भेन्टिलेटर सहयाेग

<p>काठमाडाैं । काठमाडाैं  महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं  महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।

महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए ।

कोभिड महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा नै समस्या देखिन थालेपनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको बताए ।

उनले अहिले महानगर मानव जीवन बचाउने दायित्वको पुरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झीन पनि अनुरोध गरे ।

उनले सबै विकास निर्माणको काम थाँती राखेर भएपनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिबद्धता जनाए ।

Share News