काठमाडौं । नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४८२ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कुल परिक्षण मध्ये १९ हजार ९८७ वटा आरटी पीसीआरबाट र ४९५ वटा एन्टीजेन्टबाट परिक्षण गरिएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना निको भएका छन् भने ५० जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ लाख ७७ हजार ६०३ वटा केशहरु पोजेटिभ रहेका छन् भने आइसोलेशनमा पुष्टी भएका केशहरु ७८ हजार ६२९ रहेका छन् ।
त्यस्तै, कोरोनाबाट निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । यससँगै निको हुनेको दर ७८.२ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ३ हजार ५७९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
शुक्रबार मन्त्रालयले ‘मेडिकल अक्सिजनको प्रगोग तथा अवश्यकता निर्धारण सम्बन्धी मापदण्ड, २०७८’ जारी गरेको छ ।