अल्का अस्पतालले भन्याे- अक्सिजन आपूर्तिमा समस्या भयाे

<p>काठमाडौं । ललितपुरमा रहेको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ । अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा कठिनाइ भएकाे जानकारी गराएकाे हाे । ‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ&#8217;, अल्का अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले भने- ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै जादा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको [&hellip;]</p>

काठमाडौं । ललितपुरमा रहेको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको जनाएको छ । अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन आपूर्तिमा कठिनाइ भएकाे जानकारी गराएकाे हाे ।

‘अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’, अल्का अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले भने- ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै जादा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ, बिरामीहरुको उपचार कसरी गर्ने ।’

उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्छ भने ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइएकाे छ ।

अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई अनुरोध गरेको छ ।

 

Share News