होम आइसोलेसनमा बसेका कोरोना पोजेटिभले दोस्रो परीक्षण कहाँ, कसरी गराउने ?

<p>काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर तीब्रमा गतिमा बढिरहेको छ । बुधबार मात्रै नेपालमा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यू भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझसम्म नेपालभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ, जसमा ४ हजार ७ सय ६४ जना [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो लहर तीब्रमा गतिमा बढिरहेको छ । बुधबार मात्रै नेपालमा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझसम्म नेपालभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ, जसमा ४ हजार ७ सय ६४ जना संस्थागत आइसोलेसनमा छन् भने ६१ हजार ५ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् ।

तर, होम आइसोलेसनमा बसेकाहरुले संक्रमणमुक्त भएको परीक्षण कसरी गराउने भन्ने समस्या छ । किनभने पीसीआर परीक्षणबाट संक्रमणमुक्त भएको प्रमाण प्राप्त नगरी संक्रमित व्यक्तिसँग सम्पर्क गर्न निसंक्रमित व्यक्तिलाई संक्रमण हुन्छ कि भन्ने त्रास हुन्छ ।

यस्तै, अहिले सार्वजनिक सवारी साधन पनि चलेका छैनन् । पीसीआर परीक्षणको लागि संक्रमण पुष्टी भएको व्यक्ति सार्वजनिक सवारी साधन चलेको बेलामा त्यस्तो गाडीमा चढेर ल्यावसम्म जाने कुरा भएन । परिवारका वा नजिकका आफन्तले गाडीमा हालेर परीक्षण गराउन लान पनि संक्रमणमुक्त भएको हो कि होइन भन्ने यकिन हुँदैन । त्यसैले अन्य व्यक्तिले एउटै सवारी साधनमा संक्रमण पुष्टी भएको व्यक्तिलाई लिएर ल्यावसम्म जाने कुरा भएन । फेरि कोभिड संक्रमण नियन्त्रण तथा रोकथामको लागि भन्दै सरकारले लगाएको निषेधाज्ञाको समयमा गाडी चलाएर ल्यावसम्म जाने वातावरण पनि छैन ।

त्यसो भए संक्रमण पुष्टी भएपछि होम आइसोलेसनमा बसेका व्यक्तिले संक्रमणमुक्त भए नभएको यकिन गर्न ल्यावसम्म गएर कसरी स्वाब दिने त ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रुणा झाका अनुसार होम आइसोलेसनमा बसेका संक्रमितले कोभिड लक्षण देखिन छोडेपछि परीक्षण गराउनु आवश्यक छैन ।

डा. झाका अनुसार सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार कोरोना संक्रमण पुष्टी भएको १० दिनपछि लक्षणहरु देखिन छाडेको अवस्थामा दोस्रो परीक्षण गराउनु पर्दैन ।

तर, पीसीआर विधिबाट स्वाब परीक्षण गराएर संक्रमणमुक्त भएको प्रमाण लिन चाहनेहरुका लागि भने आफैले व्यवस्था मिलाउनु पर्छ । यसको लागि नजिकैको ल्याव वा निजी क्षेत्रबाट संचालित ल्यावहरुले प्रदान गर्ने घरमै आएर स्वाव संकलन गर्ने सेवा अर्काे विकल्प हुन सक्छ ।

अहिले निजी क्षेत्रबाट संचालित विभिन्न ल्यावहरुको घरमै स्वाब संकलन गरेर परीक्षण गर्ने सेवा प्रदान गरिरहेका छन् । यस्तो सेवाको शुल्क सरकारले अधिकतम ५ सय रुपैयाँ तोकेको छ । कुनै पनि ल्यावहरुले सेवा शुल्क वापत ५ सय रुपैयाँभन्दा बढी शुल्क लिएमा त्यस्तो जानकारी आफूलाई दिन सरकारले भनेको छ । बढी शुल्क लिनेहरुलाई सरकारले कारबाही गर्ने भनेको छ । यद्यपि केही ल्यावहरुले घरमै गएर स्वाव संकलन गरेको शूल्क १५ सय रुपैयाँसम्म लिइरहेका छन् ।

चिकित्सकको सहयोग चाहिएमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा बसेका कोरोना संक्रमितहरुको हकमा चिकित्सकको परामर्शको लागि पनि बेग्लै फोन नम्बरहरुको व्यवस्था गरेको छ । मन्त्रालयले होम आइसोलेसनमा रहेको कोभिड १९ संक्रमितहरुको लागि चिकित्सकीय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक भएमा १९ जना डाक्टहरुको सम्पर्क नम्बरको व्यवस्था गरेको हो ।

यसमा मनोचिकित्सक परामर्शको लागि पनि मन्त्रालयले ७ जना डाक्टरको व्यवस्था गरेको छ । कोभिड संक्रमणको समयमा धेरै संक्रमितहरुमा मानसिक तनाव बढेको कारण यस्तो व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्त डा. समिरकुमार अधिकारी बताउँछन् ।

यी हुन सम्पर्क गर्नुपर्ने डाक्टरहरु

१. डा दिपेन्द्र कार्की ९८०१३०११५४
२. डा. फिलिपश्याम रन्जित ९८०१३०११५९
३. डा. भुपेन्द्र शर्मा ९८६१९०५७१०
४. डा. पर्शुराम घिमिरे ९८०२३३८०७५
५. डा. रोशन ढकाल ९८४९२५७८४४
६. डा. कभि राई ९८४१२८६९४४
७. डा. प्रियाङ्का गुप्ता ९८४९२२१७२०
८. डा. स्वाती कुमारी ९८६०८६२५६२
९. डा. मोहन खड्का ९८६०९८०६९९
१०. डा. प्रभात अधिकारी ९८४३००३५२७
११. डा. सूर्य तिमिल्सिना ९८४१९२६८६८
१२. डा. यज्ञ तिमिल्सिना ९८०२३१४७४३

मनोपरामर्शको लागि

१. डा. नम्रता प्रधान ९८५११३५५००
२. डा. कन्चन दाहाल ९८४२०५२३१०
३. डा. आलोक झा ९८५११३७५३८
४. डा. सुशील समदर्शी ९८४१२८२६७४
५. डा. विवेक सुवेदी ९८६१३६६२६५
६. डा. सुदन कर्मचार्य ९८६०६८८०४३
७. डा. सुवोध दाहाल ९८०२३६७७६९

बेड चाहिएमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान मात्र कोरोना संक्रमितहरुलाई बेड चाहिएमा वा अस्पताल जानुपरेमा सहयोगको लागि टोल फ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

मन्त्रालयले टोल फ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

ती नम्बरमा फोन गरे बेड उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी गराएको छ ।

Share News