काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ हजार १ सय ६३, ललितपुरमा ५ ुय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी ३ हजार ९ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।