२० हजार जनामा कोरोना परीक्षण गर्दा ९ हजारलाई देखियो

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० र ७ सय ७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

Share News