अक्सिजन सिलिण्डर फिर्ता गर्न मन्त्रालयको निर्देशन

<p>काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन भरेर राखेकाहरुलाई फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले अनुगमनका क्रममा धेरै अक्सिजन सिलिन्डरहरू खालि रहने र भरेर राखेको पाइएको भन्दै अस्पताललाई उपलब्ध हुने गरी ती सिलिन्डर फिर्ता गर्न निर्देशन दिएको हो। मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै महामारीमा अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही गर्ने जनाएको [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन भरेर राखेकाहरुलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले अनुगमनका क्रममा धेरै अक्सिजन सिलिन्डरहरू खालि रहने र भरेर राखेको पाइएको भन्दै अस्पताललाई उपलब्ध हुने गरी ती सिलिन्डर फिर्ता गर्न निर्देशन दिएको हो।

मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै महामारीमा अक्सिजन खपत गर्ने उद्योग सञ्चालन गरेमा कारबाही गर्ने जनाएको छ ।

‘अनुगमनका क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राख्ने गरेको पाईएकोले सम्बन्धित सबै उद्योग व्यवसायीहरु र सरोकारवालमा त्यस्ता अक्सिजन सिलिण्डर अस्पतलमा उपलब्ध हुने गरी फिर्ता गरिदिनुहोस’, मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘धेरै भन्दा सिलिण्डरहरु भरी नेपाली नागरिकहरुको ज्यान बनाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउनुहोला ।’

कोभिड१९का सङ्क्रमितको ज्यान जोगाउनका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर सरकारको निर्देशन विपरीत भरेर राखेको पाइएमा कडा कारबाही हुने जनाईएको छ ।

Share News