काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले नेपाल स्कुल मेला २०२१ आयोजना गर्ने भएको छ ।
प्याब्सनले कोरोना महामारीमाकै बीच स्कुलमा पढने विद्यार्थीहरुलाई लक्षित गरी नेपालकै पहिलो वृहत शैक्षिक मेला नेपाल स्कुल मेला २०२१ शुरु गर्न लागेको हो ।
बैशाख २३ गते आर्थात भोलीबाट सुरु हुने उक्त मेला एक महिनासम्म सञ्चालन हुनेछ । उक्त मेलामा प्राइमरीदेखि सेकेन्डरी लेवलसम्मका विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरी उचित सूचना तथा परामर्श सेवा दिईन प्याबसनले जनाएको छ ।
उक्त मेलामा स्कुलको भर्चुअल भ्रमण, अन्तरक्रिया, विविध क्षेत्रका विज्ञसँगको निशुल्क लाइभ वेवनियारमा सहभागिता, करियर काउन्सेलिङ जस्ता कार्यक्रम लगायत शिक्षा क्षेत्रका जल्दाबल्दा विषयहरुमा अन्तरक्रिया हुने प्याब्सनले जनाएको छ ।
एनप्याब्सन लगायत विभिन्न शौक्षिक छाता संगठनहरुको समेत सहकार्यमा रहेको उक्त मेलामा ३६० डिग्री क्यामेराबाट खिचिएको स्कुलको ग्राउण्ड, रिसेप्सन, ल्याव, पुस्तकालय, कक्षाकोठा, सेमिनार हल लगायत भौतिकपूर्वाचार सहितको भर्चुअल टुरले विद्याथीए तथा अभिभावक आफै स्कुल पुगेजस्तो महसुस हुनेछ ।
उक्त भर्चुअल मेलाले विद्यार्थीले शैक्षिक परामर्श, लाइभ वेविनारको माध्यमबाट कोभिड–१९ को कहरले प्रताडित विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श समेत दिईनेछ ।
उक्त मेलामा काठमाडौँ उपत्यका सहित बाहिरका करिब १ सय ५० बढी स्कुलहरुले सहभागीता जनाउने भएका छन् भने ५ लाख विद्यार्थी तथा अभिभावकहरुले भ्रमण गर्ने नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो र पहिलो शैक्षिक स्कुल भर्चअल मेला हुने व्याब्सनका अध्यक्ष टिकारम पुरी बताउँछन् ।