भारतको सेरुम इन्स्टिच्यूटले खोप दिन सक्दैनौं, पैसा फिर्ता लैजाउ भन्योः स्वास्थ्य मन्त्रालय

<p>काठमाडौं । भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले नेपाललाई खोप दिन नसक्ने बताएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले विकास गरेको अस्ट्राजेनिका खोप उत्पादन गरिरहेको भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले नेपाललाई खोप दिन नसक्ने बताएको हो । सो कम्पनीले खोपको सट्टा पैसा नै फिर्ता लिन आग्रह गरेको छ । नेपालले सो कम्पनीसँग कोरोना विरुद्दको खोप किन्ने सम्झौता [&hellip;]</p>

काठमाडौं । भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले नेपाललाई खोप दिन नसक्ने बताएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालयले विकास गरेको अस्ट्राजेनिका खोप उत्पादन गरिरहेको भारतको सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले नेपाललाई खोप दिन नसक्ने बताएको हो ।

सो कम्पनीले खोपको सट्टा पैसा नै फिर्ता लिन आग्रह गरेको छ । नेपालले सो कम्पनीसँग कोरोना विरुद्दको खोप किन्ने सम्झौता गरी १० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । तर, अहिले सो कम्पनीले खोपको सट्टा पैसा फिर्ता लिन भनेको हो ।

सेरमले अहिले खोप दिन नसक्ने र नेपाल सरकारले मञ्जुर गरेमा बरु भुक्तान गरेको पैसा फिर्ता पठाउने बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सेरुमले खोप पठाउन सुरु गर्नुपर्नेमा ताकेता गर्दा अहिले खोप दिन आनाकानी गरिरहेको बताए । सम्झौता अनुसार सो कमपनीले खोप खोप पठाउनु पर्ने भएपनि हालसम्म नपठाएको मन्त्रालयको भनाई छ ।

२० लाख डोज बारे खरिद सम्झौता भइसकेपछि थप खोप किन्ने विषयमा छलफल गर्दा सेरुमका अधिकारीहरूले कम्पनीको नेपालस्थित एजेन्ट, हुकुम इन्टरप्राइजेजमार्फत् प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए । हुकुम इन्टरप्राइजेजले कम्तिमा १० प्रतिशत कमिसन माग गरेको छ ।

Share News