स्वास्थ्यकर्मीले तलबको ५० प्रतिशत जोखिमभत्ता पाउने, अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई पनि एक वर्षका लागि काममा फर्काइने

<p>काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमतिहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता तथा परिवारको खर्चका लागि सहयोग गर्ने बताए । यस्तै, उनले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई एक वर्षका लागि करारमा नियुक्त गरेर काममा लगाउने बताए । उनले [&hellip;]</p>

काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमतिहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता तथा परिवारको खर्चका लागि सहयोग गर्ने बताए ।

यस्तै, उनले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई एक वर्षका लागि करारमा नियुक्त गरेर काममा लगाउने बताए । उनले कोरोना भाइरसको विषम परिस्थितिमा यसको संक्रमण कम गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे ।

ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने पनि बताएका छन् ।

Share News