काठमाडाैं । काेराेना संक्रमण भएर अस्पताल भर्ना भएकाे पूर्वप्रधानमन्त्री झलनाथ खनालकाे अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ ।
संक्रमण देखिएपछि शनिबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे हाे ।
अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाकाे अनुसार हिजाेदेखि नै खनाललाई सामान्य अक्सिजनकाे सपाेर्टमा राखिएकाे छ ।