थप ५ हजार ७६३ जनामा देखियो कोरोना, एक हजार २८७ जना निको हुँदा १९ को मृत्यु

<p>काठमाडौं । नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख २८ हजार १८७ जना पुगेको छ भने सकृिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको [&hellip;]</p>

काठमाडौं । नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख २८ हजार १८७ जना पुगेको छ भने सकृिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप १९ जनाको मृत्यु भएको छ ।

यससँगै, हालसम्मका कूल संक्रमितमध्ये ८५.८६ प्रतिशत अर्थात २ लाख ८२ हजार ३८२ जना निको भएका छन् । १३.१४ प्रतिशत अर्थात ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् भने १ प्रतिशत अर्थात ३ हजार २९८ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

Share News