काठमाडौं । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसीयूमा सारिएको छ । नर्भिक हस्पिटलमा उपचाररत शाहमा अक्सिजन कम भएपछि आइसीयूमा राखिएको अस्पतालले जानकारी दिएकाे छ ।
‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसीयूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने ।
बास्तोलाकाे अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेकाे र उनी हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् ।
यस्तै पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेकाे र उनलाई अक्सिजनको सपाेर्ट दिनु नपरेको बास्ताेलाले बताए ।