काठमाडौं । अब विदेश जाने प्रयोजनका लागि गरिएको कोरोना परीक्षणको पीसीआर रिपोटमा सम्बन्धित व्यक्तिको फोटो राख्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला लाई बुधबार एक सूचना जारी गर्दै अनिवार्य फोटो राख्न निर्देशन दिएको हो ।
मन्त्रालयले विदेश जानेको पीसीआर परीक्षण ए वर्गका प्रयोगशालामा मात्र गरिने र ती रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो र वारकोड राख्नुपर्ने जनाएको छ ।
यस्तैगरी, मन्त्रालयले पीसीआर परीक्षणको रिपोट आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्र मान्य हुने व्यवस्था गर्ने निर्णय गरेको छ ।
यसअघि विदेशी जानेहरुसँग पीसीआर परीक्षणको नक्कली रिपोट भेटिएपछि मन्त्रालयले फोटो सहितको रिपोटलाई अनिवार्य गरेको हो ।