ग्लोबल आईएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी नियुक्त

<p>काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सीईओमा जोशीलाई नियुक्त गरेको हो । बैठकले बैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी करारीय सम्झौतामा [&hellip;]</p>

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । बैशाख १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनीको सीईओमा जोशीलाई नियुक्त गरेको हो ।

बैठकले बैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी करारीय सम्झौतामा कम्पनीको सीईओ पदमा नियुक्त भएका हुन् ।

नवनियुक्त सीईओ जाेशीले २०७७ पुस १६ गतेदेखि कामु सीईआको पदभार सम्हालेका थिए । त्यस्तै, कामु सीईओको पदभार सम्हाल्नु अघि जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए ।

Share News