काठमाडाैं । नेपालमा साेमबार ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३ सय ५६१ जना पुगेको छ भने सकृिय संक्रमितकाे संख्या २२ हजार ४३४ पुगेकाे छ ।
नेपालमा आजसम्म २४ लाख १७ हजार ४१७ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज ३७८ जना निको भएसँगैं हालसम्म २ लाख ७७ हजार ९५१ जना निको भएर घर गइसकेका छन ।
यस्तै काेराेनाकाे कारण आज थप १२ जना संक्रमितको मृत्यु भएको छ ।