त्रिविकाे सबै परीक्षा स्थगित

<p>काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले भाेलीदेखि हुने सबै परीक्षा स्थगित गरेकाे छ । विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जाेशीले सबै परीक्षा स्थगित भएकाे विकासन्युजलाई जानकारी दिए । &#8216;काेराेनाभाइरसकाे संक्रमणलाई मध्यनजर गर्दै हामीले परीक्षा स्थगित गरेका हाैं । अर्काे सूचना जारी नभएसम्म हाम्रा कुनै पनि परीक्षा संचालन हुने छैनन्,&#8217; उनले भने । कोभिड-१९ संकट व्यवस्थापन [&hellip;]</p>

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले भाेलीदेखि हुने सबै परीक्षा स्थगित गरेकाे छ । विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जाेशीले सबै परीक्षा स्थगित भएकाे विकासन्युजलाई जानकारी दिए ।

‘काेराेनाभाइरसकाे संक्रमणलाई मध्यनजर गर्दै हामीले परीक्षा स्थगित गरेका हाैं । अर्काे सूचना जारी नभएसम्म हाम्रा कुनै पनि परीक्षा संचालन हुने छैनन्,’ उनले भने ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आईतबार बसेको बैठकले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकार समक्ष सिफारिस गरेको थियाे ।

बैठकले कोरोनाभाइरस संक्रमणको जोखिम बढेकोले बैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 

 

Share News