चिकित्सक संघले भन्यो: कोरोना प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गरौँ

<p>काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोनाबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषण गर्न आग्रह गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो । ‘हालको नयाँ भेरियन्ट छिटो [&hellip;]</p>

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोनाबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषण गर्न आग्रह गरेको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु बढ्दै गएकाले उपचार सहज बनाउन बढी संक्रमित भेटिएका जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको हो ।

‘हालको नयाँ भेरियन्ट छिटो रुपमा फैलिने, बढी मात्रामा बालबालिकाहरुलाई समेत संक्रमण गरिरहेको हुँदा ध्यानमा राख्दै व्यक्तिगत सुरक्षाका उपायहरु अनिवार्य रुपमा पालना गर्नु गराउनुहुन सबैमा अपिल गर्दछौँ । कुनै कुनै भेरियन्टलाई भ्याक्सिनले समेत पर्याप्त मात्रामा काम नगर्ने सम्भावना देखिएको हुनाले अझ बढी सर्तकता र सावधानी अपनाउनु नै विकल्पको उपाय हो’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

अस्पतालहरुमा अक्सिजन बेड र एचडीयू थप गर्न पनि संघले आग्रह गरेको छ । संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले विज्ञप्ती जारी गरेका हुन् ।

संघले कोभिड नियन्त्रणमा ११ बुदे बुँदाहरुमा सरकारले सम्बोधन गर्नुपर्ने जनाएको छ । विज्ञप्तीमा सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालसँग समन्वय गरी नियमित स्वास्थ्य परीक्षण र अति आवश्यक शल्यक्रियाबाहेकका सेवा बन्द गर्न र कोभिड–१९ उपचारमा अस्पताल प्रयोग गर्न आग्रह गरिएको छ ।

निश्चित अस्पताललाई कोभिड अस्पताल घोषणा गरी संक्रमितको छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने, कोभिडमा काम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिने र घोषणा गरिएको जोखिम भत्ता तथा बीमालाई प्रभावकारी रुपमा लागू गर्नुपर्ने, सार्वजनिक स्थानहरुमा स्वास्थ्यका मापदण्डको पालनालाई कडाईका साथ लागू गर्नुपर्ने र भिडभाड हुने स्थान र जोखिमयुक्त क्षेत्रहरु बन्द गर्नुपर्नेमा जोड दिएको छ ।

यस्तैगरी, फ्रन्टलाईनमा काम गर्ने स्वास्थ्यकर्मी एबम चिकित्सकहरु कोरोना विरुद्धकोे खोपबाट अझै बन्चीत भएको भन्दै यथाशिघ्र खोप उलपब्ध गराउनुपर्ने, दरबन्दी न्यून भएका क्षेत्रमा तुरुन्त थप गर्न र स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पीपीई र कोभिड सम्बन्धी तालिम दिनुपर्ने, संक्रमण देखिएका क्षेत्रमा कन्ट्याट टे«सिङको दायरा बढाउँनुपर्ने र दिर्घ रोगका उपचारमा रहेका बिरामीहरुको सहज उपचारका लागि छुट्टै उपचारको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

Share News