फेरि निषेधाज्ञा गर्ने सीसीएमसीकाे निर्णय, मन्त्रिपरिषदमा सिफारिस

<p>काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो। सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार [&hellip;]</p>

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।

आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।

यस्तै (सीसीएमसी)ले सबै परीक्षा स्थगित गर्न पनि सिफारिस गरेको छ।

Share News