काठमाडौं । पेट्रोलियम पदार्थको विक्री वितरणको एकाधिकार पाएको सरकारी स्वामित्वको नेपाल आयाल निगमले एकपछि अर्काे गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेपछि त्यसको चौतर्फि असर पर्न थालेको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पछि बजारमा प्रायः सबै दैनिक उपभोग्य बस्तुको मूल्य बढेको छ । दैनिक उपभोग्य बस्तुको मूल्यका बारेमा खासै चर्चा नहुने गरेको र उपभोक्ताले पनि एक दुई रुपैयाँ त हो नि भन्दै खासै ध्यान नदिदा त्यति चर्चा हुने गरेको छैन ।
तर, पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै संगठित रुपमा केही बस्तु तथा सेवाको मूल्य बढाउन थालिएको छ । निजी क्षेत्रबाट हवाई सेवा प्रदायकहरुले हवाई इन्धनमा बढेको मूल्य उपभोक्ताले तिर्नुपर्ने निर्णय गरेर सरकारी निकायबाट स्वीकृत पनि गराएका छन् ।
निजी क्षेत्रबाट हवाई सेवा प्रदान गरिरहेका कम्पनीहरुको संस्था वायुसेवा संचालक संघले इन्धनमा बढेको मूल्य उपभोक्ताले तिर्नुपर्ने निर्णय आफूहरुले गरेको र आफूहरुको सो निर्णय सरकारी निकाय नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको दाबी गरेको छ ।
संघले इन्धनमा बढेको मूल्य अनुसार यात्रुलाई ‘फ्यूल चार्ज’ लाग्ने नीतिगत निर्णयमा टेकेर सोही अनुसार निर्णय गरिएको बताएको छ । यसरी इन्धनमा बढेको मूल्य अनुसार यात्रुसँग फ्यूल चार्ज लिन पाउने नीतिगत निर्णय २०७५ साल जेठ २५ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भएको संघको भनाई छ ।
नयाँ भाडादर भोलि बैशाख ७ गतेदेखि लागू हुनेछ । नयाँ भाडादरमा दुरी अनुसार १० रुपैयाँदेखि ८५ रुपैयाँसम्म बढाईको छ । सबैभन्दा बढी अर्थात ८५ रुपैयाँ भाडा काठमाडौंदेखि धनगढीसम्मको बढेको हो ।
थप भएको भाडादर यस्तो छ
[pdf id=269436]