पोखरालाई केन्द्र बनाएर चार गन्तव्यमा उडान गर्दै बुद्ध एयर

<p>काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थललाई आधार बनाएर चार नयाँ गन्तव्यमा उडान गर्ने भएको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पोखराबाट नयाँ गन्तव्यमा उडान विस्तार गर्न लागेको हो । नयाँ गन्तव्यको रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज र पोखरा–विराटनगर उडान गर्न लागेको हो । नयाँ [&hellip;]</p>

काठमाडौं । नीजि क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरा विमानस्थललाई आधार बनाएर चार नयाँ गन्तव्यमा उडान गर्ने भएको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयलाई आधार बनाएर उडान गर्दै आएको बुद्धले पोखराबाट नयाँ गन्तव्यमा उडान विस्तार गर्न लागेको हो ।

नयाँ गन्तव्यको रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगञ्ज र पोखरा–विराटनगर उडान गर्न लागेको हो । नयाँ चार गन्तव्यमा आगामी मे १ तारिखबाट उडान सुरु गर्ने तयारी भएको बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पहिलो पटक बुद्धले अन्तर प्रदेशीय उडान सुरु गर्न लागेको हो ।

यस्तैगरी, बुद्धले आगामी मे १ तारिखबाट नै भरतपुर–भैरहवा र तुम्लीङटार-विराटनगरमा उडान गर्ने घोषणा गरेको छ ।

‘हामीले विभिन्न ६ वटा नयाँ गन्तव्यको उडानमा सुरुवाती चरणमा बिचक्राफ्टबाट गर्नेछौँ । साबै गन्तव्यमा सातामा तीन उडान गछौँ, विस्तारै यात्रुको चाप र माग अनुसार जहाज सगैँ उडान विस्तार गछौँ’, बस्नेतले भने, ‘यात्रुको माग बढेमा हामीले एटिआर–७२ जहाजबाट उडान सुरु गछौँ ।’

९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । बुद्धले हाल काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

नयाँ गन्तव्यको भडादर : 

बुद्धले आगामी मे १ तारिखबाट सुरु गर्न लागेको अन्तरप्रदेश स्तरीय उडान गन्तव्य अन्तरगत पोखरा–नेपालगञ्ज रुटमा ४ हजार ५०० रुपैयाँ, पोखरा–विराटनगरमा ६ हजार रुपैयाँ, पोखरा–सिमरामा ४ हजार ३०० रुपैयाँ, पोखरा– भैरहवामा ३ हजार १०० रुपैयाँ, भैरहवा–भरतपुरमा २ हजार ५०० रुपैयाँ र विराटनगर–तुम्लिङटारमा ३ हजार १०० रुपैयाँ उडान भाडादर तोकिएको छ ।

यात्रुको मागका आधारमा भाडादर बढ्दै जाने बुद्धले जनाएको छ ।

Share News