समता घरेलु लघुवित्तको सीईओमा डा. घिमिरे नियुक्त, ७ जनाको समिति गठन

<p>काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे नियुक्त भएका छन् । गत बैशाख २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साविक समता लघुवित्त वित्तीय संस्थाको सीईओ डा. घिमिरेलाई सीईओ पदमा नियुक्त गरेको हो । गाभिएपश्चात बनेको समता घरेलु लुघवित्तका नवनियुक्त सीईओ डा. घिमिरेले बैशाख २ गतेदेखि नै [&hellip;]</p>

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे नियुक्त भएका छन् । गत बैशाख २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साविक समता लघुवित्त वित्तीय संस्थाको सीईओ डा. घिमिरेलाई सीईओ पदमा नियुक्त गरेको हो ।

गाभिएपश्चात बनेको समता घरेलु लुघवित्तका नवनियुक्त सीईओ डा. घिमिरेले बैशाख २ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् । यससँगै उनले अब ४ वर्षसम्म संस्थाको उक्त पदमा रहेको आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

हालै साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भएको हो ।

त्यस्तै, सोहि दिनको बैठकले ७ जनाको सदस्यीय समिति गठन गरेको छ । जसमध्ये अध्यक्षमा डम्मरणमणि थेवे लिम्बु नियुक्त भएका छन् ।

त्यस्तै, संस्थापक सञ्चालकमा राजेश्वर प्रसाद आचार्य, रमेश कुमार प्रधान र कशोर शेर्पा नियुक्त भएका छन् । त्यस्तै, सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकमा भक्तराम खड्का र अनुपा ओझा नियुक्त भएका छन् भने स्वतन्त्र सञ्चालकमा निरञ्जन पराजुली नियुक्त भएका छन् ।

Share News