शिक्षण अस्पताल कोहलपुरमा कोभिड वार्ड सञ्चालन

<p>राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शै्ययाको आइसियु तथा ३० शैय्या को आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले [&hellip;]</p>

राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ ।

कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै शिक्षण अस्पताल कोहलपुरमा १५ शै्ययाको आइसियु तथा ३० शैय्या को आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा नितेशकुमार कनोडियाले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसको पहिलो लहरमा समेत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जनतालाई प्रत्यक्ष सेवा दिएको अस्पतालले कोरोना सङ्क्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो । रासस

Share News