सकेसम्म विद्यालय नजान सरकारकाे अपील, कोरोनाबाट १४ जिल्ला अति प्रभावित

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १४ जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा राखेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकका तीन जिल्ला सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाको रुपमा राखेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  १४ जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा राखेको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकका तीन जिल्ला सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लाको रुपमा राखेको हो ।

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले १४ जिल्लामा सञ्चालित विद्यालयमा सकेसम्म सहभागी नहुन र हुनुपरेमा स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अपील गरीएकाे छ ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जारी गरेको सूचनामा भनिएको छ।

 

Share News