मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

<p>काठमाडौं । मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ५१७ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ३ हजार ६०८ पुगेको छ । नेपालमा आजसम्म २३ लाख २७ हजार [&hellip;]</p>

काठमाडौं । मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ५१७ जना संक्रमित थपिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ३ हजार ६०८ पुगेको छ ।

नेपालमा आजसम्म २३ लाख २७ हजार ६७० जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज १५३ जना निको भएसँगैं हालसम्म २ लाख ७४ हजार ३१८ जना निको भएर घर गइसकेका छन ।

पछिल्लो २४ घण्टामा ५ जनाको कारोनाको कारण मृत्यु भएको छ ।

Share News