असारसम्म दैनिक ११ हजार काेराेना संक्रमित देखिन सक्छ: स्वास्थ्य मन्त्रालय

<p>काठमाठाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने बताएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेश त्रिपाठीले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने प्रक्षेपण मन्त्रालयले गरेकाे बताएका हुन् । उनले हालकाे काेराेनाभाइरस पहिलेकाेभन्दा जाेखिमयुक्त भएकाे बताएका छन् । मन्त्री त्रिपाठीले भारतसँगकाे सीमा नाकामा १ हजार हाेल्डिङ सेन्टर बनाउने र सबै [&hellip;]</p>

काठमाठाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने बताएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेश त्रिपाठीले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने प्रक्षेपण मन्त्रालयले गरेकाे बताएका हुन् ।

उनले हालकाे काेराेनाभाइरस पहिलेकाेभन्दा जाेखिमयुक्त भएकाे बताएका छन् ।

मन्त्री त्रिपाठीले भारतसँगकाे सीमा नाकामा १ हजार हाेल्डिङ सेन्टर बनाउने र सबै अस्पतालहरुलाई चुस्तदुरुस्त राख्ने काम अगाडी बढाइएकाे जानकारी दिए ।

पछिल्लाे समय भारतमा दैनिक लाखाैंकाे संख्यामा काेराेना संक्रमित थपिएका छन् । भारतसँग खुला सीमा नाका भएकाे कारण नेपालमा पनि यसकाे ठूलाे असर पर्ने देखिन्छ ।

नेपालमा साेमबार मात्रै पीसीआर मार्फत परीक्षण गर्दा ४९६ जनामा काेराेना संक्रमण देखिएकाे छ । दैनिक नयाँ देखिने संक्रमितकाे संख्या गएकाे शुक्रबार मात्र २८८ रहेकाे थियाे ।

 

Share News