काठमाडौं । दोस्रो डोजको कोभिड सिल्ड खोप वैशाख ७ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो डोजको खोपको वैशाख ६ गतेदेखि ११ गतेसम्म लगाइने जानकारी दिएको हो ।
कार्यलयकी फोकल पर्सन रुपा बुढाथोकीका अनुसार काठमाडौं जिल्लामा खोपको लगाउनको लागि १९ वटा स्वास्थ्य संस्था तोकिएको छ ।
तोकिएका अस्पतालमा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, टिचिङ्ग अस्पताल, परोपकार तथा स्त्री रोग अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, गंगलाल अस्पताल, राष्ट्रिय आयुर्वेद अस्पताल, ओम अस्पताल, छेत्रपाटी निशुल्क चिकित्सालय, जनमैत्री अस्पताल, मदरल्याण्ड अस्पताल, ह्याम्स अस्पताल र स्टुपा अस्पताल रहेका छन् ।
खोप ५ दिनसम्म लगाइने बुढाथोकीले जानकारी दिइन् । खोप लगाउन जाँदा यसअघि दिइएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । खोप बिहिन १० बजेदखि ४ बजेसम्म लगाइने बुढाथोकीले बताइन् ।