काठमाडौं । सोमबार नेपालभर ४९६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ४९६ जना संक्रमित थपिएका हुन् ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ पुगेको छ ।
नेपालमा आजसम्म २३ लाख १७ हजार २८४ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यस्तै आज १३८ जना निको भएसँगैं हालसम्म २ लाख ७४ हजार १६५ जना निको भएर घर गइसकेका छन ।
पछिल्लो २४ घण्टामा १३ जनाको कारोनाको कारण मृत्यु भएको छ ।