ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नेवानीलाई नै, साढे तीन अर्ब आम्दानी जोगियो

<p>काठमाडौं, २३ जेठ । नेपाल बायु सेवा निगमको ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पर्यटन मन्त्री अध्यक्ष रहने नागरिक उड्डयन प्राधिकरणसँग ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको नविकरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । निगमको ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको म्याद गत फेब्रुअरीमै सकिएको थियो । त्यस यता निगमले बिना लाइसेन्स ग्राउण्ड ह्याण्डलिङको काम गर्दै आएको [&hellip;]</p>

काठमाडौं, २३ जेठ । नेपाल बायु सेवा निगमको ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पर्यटन मन्त्री अध्यक्ष रहने नागरिक उड्डयन प्राधिकरणसँग ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको नविकरण प्रक्रिया अन्तिम चरणमा पुगेको हो । निगमको ग्राउण्ड ह्याण्डलिङ लाइसेन्सको म्याद गत फेब्रुअरीमै सकिएको थियो । त्यस यता निगमले बिना लाइसेन्स ग्राउण्ड ह्याण्डलिङको काम गर्दै आएको थियो ।

Bikashnews.com

Bikashnews.com

करिब तीन महिनापछि ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरण हुन लागेको हो ।‘लाइसेन्स नविकरणको सबै प्रक्रिया पुरा भैसकेको छ, अब हस्ताक्षरको चरणमा पुगेका छौं ।’ नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरी शर्माले विकासन्युजसँग भने ।

लाइसेन्स नविकरणसँगै नेपाल वायुसेवा निगमको साढे तीन अर्बको आम्दानी जोगिनेछ । निगमले ग्राउण्ड ह्याण्डलिङ सेवा वापत प्राप्त गर्ने करिब तीन अर्ब ५० करोड रुपैंयाँ रकमबाट कर्मचारीलाई तलब खुवाउँदै आएको छ ।
निगमको कर्मचारी संगठनले १५ दिन भित्र ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरण नगरे आन्दोलन गर्ने चेतावनीसहितको माग पत्र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई बुझाएको थियो ।

‘महाप्रबन्धकले बधाई छ, काम भयो अब हस्ताक्षर गर्न मात्रै बाँकी छ भन्नुभएको छ ।’ निगमका एक कर्मचारीले भने । निगमलाई पर्यटन मन्त्रालयले जहाज उडाएर बाँच्न सक्नुपर्ने बताउँदै आएको थियो । पर्यटन सचिव प्रेम कुुमार राईले ग्राउण्ड ह्याण्डलिङ गर्न नपाउँदा कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्थामा निगम पुग्न दुःखद भएको बताउँदै आएका थिए । केहि दिन अघि सार्वजनिक संस्थान कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा सचिव राईले ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तरमा समेत प्रश्न गरेका थिए ।

Share News