मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित थपिए

<p>काठमाडाैं । मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित थपिएका हुन् । यस्तै मंगबलार देशभर २६० जना काेराेना संक्रमित भेटिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४५५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ [&hellip;]</p>

काठमाडाैं । मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार मंगलबार उपत्यकामा मात्रै १८५ जना काेराेना संक्रमित थपिएका हुन् । यस्तै मंगबलार देशभर २६० जना काेराेना संक्रमित भेटिएका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४५५ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ९७९ पुगेकाे छ ।

नेपालमा आजसम्म २२ लाख ७८ हजार ४७० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ११३ जना निकाे भएसँगैं हालसम्म २ लाख ७३ हजार ४५५ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा काेराेनाकाे कारण कसैकाे पनि मृत्यु भएकाे छैन ।

Share News