सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

<p>काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै छिमेकी मित्रराष्ट्र भारत तथा कतिपप युरोपेली मुलुकहरुमा केभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेपछि स्थानिय तहलाई स्वास्थ्य मापदण्ड पालन गर्नकाे लागि निर्देशन दिएको हो । पछिल्लाे समय छिमेकी राष्ट्र भारतमा [&hellip;]</p>

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै छिमेकी मित्रराष्ट्र भारत तथा कतिपप युरोपेली मुलुकहरुमा केभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेपछि स्थानिय तहलाई स्वास्थ्य मापदण्ड पालन गर्नकाे लागि निर्देशन दिएको हो ।

पछिल्लाे समय छिमेकी राष्ट्र भारतमा काेराेना संक्रमितकाे संख्या बढेसँगैं नेपालमा पनि यसकाे प्रभाव देखिने भन्दै सरकारले सबैलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेकाे छ ।

Share News