जिल्ला प्रशासन कार्यालय दाङद्वारा कोभिडको जोखिम बढेकाे भन्दै सर्तक रहन आग्रह

<p>दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला [&hellip;]</p>

दाङ । जिल्ला प्रशासन कार्यालयले कोभिड– १९ को जोखिम बढ्दै गएको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज सूचना जारी गर्दै छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकमा थप कोभिड क्रियाशील भई सङ्कमित र मृत्युदरमा समेत वृद्धि भएकाले सर्तक रहन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले एक सूचना जारी गर्दै भारतको खुला सीमा नाकाका कारण मानिसको आवतजावत हुनुका साथै शहरी तथा ग्रामीण क्षेत्रमा मानिसको चहलपहल बढेकाले सङ्क्रमणको उच्च जोखिम रहेको बताए ।

उनले नागरिकलाई सजक र सर्तक रही स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, नियमित साबुनपानीले हात धुन, स्यानीटाइजर प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न, सार्वजनिक सेवा प्रवाह, व्यापार तथा व्यवसाय र सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

त्यसैगरी प्रशासनले फागुपूर्णिमालगायत मेला पर्व, भोजभतेर र पार्टीमा समावेश नहुन, जमघट एवं भिडभाड नगर्न आग्रह गरेको छ । कोभिड– १९ को लक्षण देखिएमा तत्काल तोकिएको स्वास्थ्य संस्थामा गई कोरोना जाँच गराउन र जिल्ला प्रशासन कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि यसअघि सहमति लिएको भए पनि सो सहमति रद्द गरिएको र कार्यक्रम सञ्चालन नगर्न भनेको छ । साथै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा सङ्क्रामक रोग एने २०२० बमोजिम कारवाही हुने जनाइएको छ । रासस

Share News