
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) महेन्द्र अधिकारीको कार्यकाल थपिएको छ । चैत ११ गते बसेको संस्थाको वार्षिक साधारणसभाले अधिकारीको पदको कार्यभार थप २ वर्षको लागि थपेको हो ।
उनी गत असोज ३० गतेबाट २ वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त भएका थिए । तर हालै बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको पदावधि थपेर ४ वर्ष पुर्याएको हो । यससँगै, उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।