काठमाडाैं । चितवन मेडिकल कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण भएकाे छ । कलेजले बिहिबार पत्रकार सम्मेलन गर्दै कलेजमा पहिलाेपटक कलेजाे प्रत्याराेपण सम्पन्न भएकाे जानकारी दिएकाे हाे ।
कलेजकाे अनुसार उपत्यका बाहिर भएकाे याे पहिलाे कलेज प्रत्याराेपण हाे ।
भरतपुर महानगरपालिका-१० निवासी ५४ वर्षकी धनकुमारी लामामा अस्पतालका चिकित्सक टाेलीले सफल कलेज प्रत्याराेण गरेकाे हाे ।
हालसम्म नेपालमा कलेजो प्रत्यारोपणका लागि चारवटा स्वास्थ्य संस्थाले मात्र अनुमति पाएका छन् ।
अनुमति पाउनेमा सरकारी तर्फबाट भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल रहेकाे छ भने निजी तर्फबाट चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् नेपाल रहेकाे छ ।