ज्योति विकास बैंकले इक्यानका सदस्यहरुलाई १५ लाखसम्मको कर्जा दिने

<p>काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । अध्यक्ष प्रकाश पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल लोन लिन सक्नेछन् । यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य [&hellip;]</p>

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र ज्योति विकास बैंकबीच सहकार्य सम्बन्धि सम्झौता भएको छ । आइतबार इक्यानका अध्यक्ष प्रकाश पाण्डे र बैंकका सीइओ श्रीचन्द्र भट्टले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अध्यक्ष प्रकाश पाण्डेका अनुसार अब इक्यानको कार्यसमितिको सिफारिसमा इक्यान सदस्यहरुले १५ लाख रुपैयाँसम्मको प्रोफेसनल लोन लिन सक्नेछन् ।

यस सम्झौताबाट इक्यानका सञ्चालक, सदस्य संस्था, कर्मचारी तथा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुले कर्जा लिन सहित ज्योति विकास बैंकबाट प्राप्त हुने सम्पूर्ण बैँकिङ्ग सुविधा सहज रुपमा उपयोग गर्न सकिने उनले बताए ।

इक्यान शैक्षिक परामर्श क्षेत्रको अग्रणी संस्था हो । साथै सबैभन्दा पुरानो र धेरै सदस्य भएको संस्थाका रुपमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

महासचिव दिपकराज भुसालका अनुसार ज्योति विकास बैंकसँगको सहकार्यले यससंघमा आबद्ध संस्था र तीनका सञ्चालकहरुले मात्र नभई विद्यार्थी र अभिभावकले पनि सेवा तथा सुविधा उपयोग गर्न पाउने विश्वास व्यक्त गरे ।

उच्च शिक्षाका लागि विदेशी भूमिमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि इक्यान र इक्यान अन्तर्गतका सदस्य संस्थाले विभिन्न प्रकारका परामर्श सेवा प्रदान गर्दै आएका छन् ।

Share News