काठमाडौं । कुनै पनि निजि कम्पनीले खोप ल्याउनको लागि आवेदन नदिएको खुलेको छ ।सरकारले निजि क्षेत्रलाई खोप ल्याउने बाटो खुला गरेपनि कसैले पनि यस विषयमा चासो नदिएको पाइएको हो ।
ओैषधी व्यवस्था विभागले खोप ल्याउन अनुमतिको लागि आवेदन दिनलाई सुचना जारी गरेपनि कसैले त्यसमा आवेदन नदिएको विभागले जानकारी दिएको छ । कसैले पनि आवेदन नदिएपछि विभागले सोमबार९चैत ९ गते० पुनस् सुचना जारी गरेर थप ७ दिनको लागि म्याद थपेको छ ।
सरकारले केही समय खोप ल्याउन नसक्ने अवस्था देखिएपछि निजिको लागि पनि बाटो खुला गरेको हो । खोप ल्याउन नसकेको कारण हाल सरकारको खोप अभियान नै स्थगित भएको छ ।
सुचनामा भनिएको छ- ‘कोभिड(१९ खोपको आपत्तकालिन प्रयोग र आयत अनुमति प्रदान गर्ने सम्बन्धमा यस विभागबाट मिति २०७७र१२र०२ गतेमा प्रकाशित सार्वजनिक सूचनाको हकमा आजका दिनसम्म पनि कुनै रितपुर्वक आवेदन प्राप्त नभएको देखिएकाले थप सात दिनको अवधि कायम हुने गरी पुनस् यो सूचना प्रकाशित गरिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’