एनएमबी बैंकको क्यूआरकोड अब गैडाकोट एग्रोमार्टमा, विद्युतिय भुक्तानी गर्न सकिने

<p>काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतिय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अब देखि विद्युतिय भुक्तानीमार्फत कारोबार गर्न सकिने भएको हो । गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद [&hellip;]</p>

काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतिय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा संचालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अब देखि विद्युतिय भुक्तानीमार्फत कारोबार गर्न सकिने भएको हो ।

गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए

उक्त कार्यक्रममा एनएमबि वैंक गण्डकी प्रदेशका एरीया म्यानेजर अमृत राज वास्तोलाले मन्तव्य राख्दै क्यूआर कोडबाट कारोवार गर्दा हुने फाईदा र यसको विकासका लागी नेपाल राष्ट्र वैंकले ल्याएको नीतिको वारेमा वोल्दै देशको कुनाकाप्चामा पनि यसवाट कारोवार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसवाट कारोवार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको जानकारी दिए ।

उक्त कार्यक्रममा गैडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतिय कारोवारले यसलाई कम गर्न सक्ने बताए ।

उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्यूआर कोड वितरण गरीएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं. ४ का वडासदस्य श्री तेज प्रसाद घिमिरे, झपर्दि नमुना टोल विकास समितिका अध्यक्ष श्री हर्क बहादुर भुजेलको पनि उपस्थिति रहेको थियो ।

Share News